२०८१ चैत्र १६

काठमाडौं महानगरले ६० देखि ६१ वर्ष उमेर समूहलाई सोमबार र मंगलबार खोप लगाउने

काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।


Advertisement


भेरोसेल खोपको पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको छ।

यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा अब सुरू गर्न लागिएको हो।

वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेभित्र खोप लगाउन सकिन्छ।

Copy link