२०८१ मंसिर ४

केपी र माधव कमरेड बेस्सरी रिसाउनु भएको छ, म दुबैको रिस शिथिल बनाउन लागेको छु: वामदेव

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल अहिले एकअर्कासँग रिसाएको अवस्था रहेको बताएका छन्।

यस्तो बेला दुबैतर्फका मातहतका नेताहरूको चिन्ता काम लाग्नेवाला नभएको उनले बताए।


Advertisement


राष्ट्रिय सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले पार्टी एकता गर्नकै लागि आफू अध्यक्ष ओलीतिर लागेको र केन्द्रीय कमिटी बैठकमा गएको बताए।

‘म पार्टी एकता गर्नकै लागि भनेर म केपीतिर लागेको छु,’ उनले भने, ‘एकता प्रस्ताव केन्द्रीय कमिटीमा राखेँ। हलले नै मुख्य रूपमा बामदेवले एकताको प्रयास गर्नुपर्छ भनेर पास गरेको छ।’

उनले आफू पार्टी एकतामा लागिरहेको बताएका छन्।

‘माधव कमरेड ओलीसँग धेरै रिसाउनुभएको छ। केपी पनि माधवसँग बेसरी रिसाउनुभएको छ। दुईटाको रिस नमर्दासम्म मातहत साथीको चिन्ता काम लाग्नेवाला छैन,’ उनले भने।

ओली र नेपालको रिस शिथिल भएपछि मात्रै एकता सम्भव हुने उनको भनाइ थियो।

‘दुईटैको रिस शिथिल बनाउन लागेको छु। सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला,’ उनले भने।

Copy link
Powered by Social Snap