एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेका छन्।
कुराकानी गर्दै वरिष्ठ नेता नेपालले अदालतको निर्णयलाई प्रभावित पार्ने गरी कुनै काम नहुने समेत बताए।
‘हस्ताक्षर फिर्ता हुँदैन। अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन। सहमतिमा बेइमानी र धोकाधडी हुँदैन,’ उनले भने, ‘पार्टी एकताको लागि सहमति हुनसक्छ। तर विगतमा भएको सहमतिबाट पछि हट्न सकिँदैन। मेरो बटमलाइन यही हो।’
उनले अरूलाई धोका दिएर कुनै सहमति नहुने समेत बताए।
Advertisement
एमाले एकताका लागि गठित कार्यदलका सदस्यहरूले आफूहरू सहमतिको नजिक पुगेको दाबी गरिरहेका बेला नेपालको यस्तो प्रतिक्रिया आएको हो।
कांग्रेस सभापति देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले लिँदै आएका छन्।
हस्ताक्षर फिर्ता लिएमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता हुनुपर्ने अडान नेपाल पक्षको छ।
दुबै पक्षलाई मान्य हुनेगरी बीचको बाटो खोज्ने प्रयास कार्यदलले गरेको छ।
तर, वरिष्ठ नेता नेपालले अदालतको विषयमा प्रवेश गर्न नचाहेको स्पष्ट पारेका छन्।
भोलि फेरि बस्नेगरी सकियो एमाले कार्यदल बैठक, सहमतिनजिक पुगेको दावी