२०८१ मंसिर ४

अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा

अर्थ सचिव शिशिर कुमार ढुंगानाको सरुवा भएको छ । उनको ठाउँमा मधु कुमार मरासिनी आएका छन् । मरासिनी यसअघि महालेखा नियन्त्रक रहेका थिए । 


Advertisement


अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए । 

हालै बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap