२०८१ मंसिर ४

कर्णालीका दुई मन्त्रीले भेटे गृहमन्त्री, कोरोना खोपबारे कुराकानी

कर्णाली प्रदेशका दुई जना मन्त्रीले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्।


Advertisement


आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली र जलस्रोत तथा ऊर्जा मन्त्री दिनबन्धु श्रेष्ठले गृहमन्त्री खाणलाई आइतबार भेटेर कुराकानी गरेका हुन्।

उनीहरूले कर्णाली प्रदेशमा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए भने कोरोना खोपका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए।

भेटका क्रममा गृहमन्त्री खाणले आवश्यक मात्रामा कोरोना खोप कर्णाली पठाउन आफूले पहल गर्ने बताएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ।

Copy link
Powered by Social Snap