२०८१ मंसिर ३

कप्तान रूटको शानदार पारिमा इंग्ल्यान्डलाई भारतमाथि २७ रनको अग्रता

इंग्ल्याण्डका कप्तान जो रूटको उत्कृष्ट ब्याटिङमा भारत विरूद्ध जारी दोस्रो टेस्टको पहिलो इनिंग्समा घरेलु टोलीले २७ रनको अग्रता हाँसिल गरेको छ।

११९/३ को अवस्थाबाट दिनको सुरुवात गरेको इंग्ल्यान्डले तेस्रो दिनको समाप्तिमा थप ७ विकेट गुमाउँदै ३९१ रन बनायो।


Advertisement


इंग्ल्यान्डको लागि कप्तान जो रूटले करियरको २२ औं टेस्ट शतक बनाउने क्रममा अविजित १८० रन बनाए। ३२१ बल खेलेका उनले १८ चौका प्रहार गरे। यो सँगै उनले टेस्ट क्रिकेटमा ९ हजार रन पुरा गरेका छन्। रूट इंग्ल्यान्डको लागि ९ हजार रन पुरा गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन्। रुट भन्दा बढी इंग्ल्यान्डको लागि एलेस्टर कुकले १२,४७२ रन बनाएका छन्।

रूटले चौथो विकेटको लागि जोनी बेयरस्टोसँग १११ रन, पाँचौ विकेटको लागि जोस बटलरसँग ५४ रन तथा छैठौं विकेटको लागि मोईन अलिसँग ५८ रनको साझेदारी गरे। दशौँ विकेटको लागि रुट र एण्डरसनले २० रनको साझेदारी गर्दै अग्रता बढाए।

बेयरस्टोले ५७ रन, मोईन अलिले २७ रन तथा जोस बटलरले २३ रन जोडे।

भारतको बलिङमा मोहम्मद सिराजले ४ विकेट लिए भने इशान्त शर्माले ३ तथा मोहम्मद शामीले २ विकेट लिए। जस्परित बुम्राह र रभीन्द्र जडेजा विकेटविहिन रहे।

खेलमा टस हरेर ब्याटिङ गरेको भारतले पहिलो इनिंग्समा ३६४ रन बनाएको थियो।

भारतले पहिलो इनिंग्समा १२६.१ ओभर ब्याटिंग गर्दै ३६४ रनमा सबै विकेट गुमाएको थियो। दिनको सुरुवात २७६/३ को अवस्थाबाट गरेको भारतले दोस्रो दिन थप ३६.१ ओभर ब्याटिङ गर्दा ८८ रन जोड्यो भने ७ विकेट गुमाउन पुग्यो।

भारतको लागि ओपनर केएल राहुलले करियरको छैठौं शतक बनाउने क्रममा सर्वाधिक १२९ रन बनाए जुन क्रममा २५० बलमा १२ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर रोहित शर्माले ८३ रन, बिराट कोहलीले ४२ रन, रभीन्द्र जडेजाले ४० रन तथा रिशभ पन्तले ४२ रन बनाए।

इंग्ल्याण्डको बलिङमा जेम्स एण्डरसनले सर्वाधिक ५ विकेट लिए भने ओली रोबिन्सन र मार्क वुडले समान २ विकेट लिए। मोइन अलिले १ विकेट लिए। भारतले चौथो दिन दोस्रो इनिंग्सको ब्याटिङ सुरू गर्नेछ।

पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित बनेपछि बराबरीमा टुंगिएको थियो।

Copy link
Powered by Social Snap