२०८१ मंसिर ३

गण्डकीमा ३८० जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६८ जनामा गरिएको नमूना परीक्षणमा ३८० जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये १७७ महिला र २०३ जना पुरुष रहेका छन् ।

प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा र कम नवलपरासी पूर्वमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्की १७१ बागलुङ ४७, स्याङ्जा ७०, म्याग्दी ३१, पर्वत ४६, लमजुङ ७ तनहुँमा ५ र नवलपुरमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ हजार ६८६ पुगेको छ ।


Advertisement


गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ का ७६ वर्षीय पुरुष, पोखरा–१२ का ९० वर्षीय पुरुष, पोखरा–३२ का ७३ वर्षीय महिलाको मृत्यु भएको छ । उनीहरु तीनै जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी स्याङजाको गल्याङ नगरपालिका–७ की ६९ बर्षिय महिला, वालिङ–१३ का ७६ वर्षीय पुरुष, वालिङ–१२ का ३९ वर्षीय पुरुष र फेदीखोला गाउँपालिका– २ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी नवलपरासी पूर्व, देवचुली–११ का ४७ वर्षीय पुरुष, देवचुली–६ का ५५ वर्षीय पुरुष,  विनयत्रिबेणी–१ का ६१ वर्षीय पुरुष, गैडाकोट–७ की ५० वर्षीय महिला र गैंडाकोट–१ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १९२ जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ६८ हजार ३५६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ३३२ रहेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १३८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

साभार: रातोपाटी

Copy link
Powered by Social Snap