भक्तपुरको मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा शंकास्पद बस्तु फेला परेको छ । शंखधर चोकबाट भित्र रहेको गेष्ट हाउसको कोठामा शंकास्पद रुपमा तार जोडेको अवस्थामा ‘प्रेसर कुकर’ फेला परेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए ।
Advertisement
घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । शंकास्पद अवस्थामा कुकर फेला परेको कोठामा ३ दिनदेखि पाहुना बसेका थिएनन् ।
शनिवार बिहान सवा १२ बजे होटल सञ्चालक जाँदा शंकास्पद बस्तु नदेखिएको तर, साँझ तार जोडेको अवस्थामा कुकर देखेपछि गेष्ट हाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रेग्मीले बताए ।
साभार: रातोपाटी