डिफेन्डर देवेन्द्र तामाङले यो सिजन पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन्।
उनले सम्झौता नवीकरण गरेको मच्छिन्द्रले बुधबार जनाएको छ।
Advertisement
तामाङ दुई सिजनअघि मच्छिन्द्रमा आबद्ध भएका थिए। त्यतिबेलामा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।
यसअघि हिजो मंगलबार डिफेन्डर रंजित धिमालले पनि मच्छिन्द्रसँगको सम्झौता नवीकरण गरेका थिए।
यसअघि सिजनका लागि मच्छिन्द्रले गोलकिपर विशाल श्रेष्ठ, रेजिन सुब्बा, सुजल श्रेष्ठसँग सम्झौता नवीकरण गरिसकेको छ।
प्रशिक्षकमा प्रवेश कटुवालले पनि सम्झौता नवीकरण गरेका थिए।
यो सिजनको ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
यसअघि असोजमा गर्ने भनिए पनि एन्फाले झन्डै दुई महिना लिग सारेको हो।