२०८१ पुष ८

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, १३ अर्ब माथिको कारोबार

१० भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक १७ दशमलव ५७ अंकले घटेर ३ हजार ९४ दशमलव ०१ अंकमा झरेको छ ।

कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब पनि नपुगेकोमा बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ ।


Advertisement


बिहीबार विकास बैंक र हाइड्रोपावर धेरै बढेको छ । हाइड्रोपावर समूहको सव इन्डेक्स सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने विकास बैंकको ४.२२ र फाइनान्स समूहको ३.८२ प्रतिशतले बढेको छ ।

यसैगरी होटल तथा पर्यटन ०.३३ प्रतिशत र माइक्रोफाइनान्स ०.६४ प्रतिशतले बढेको छ । बाँकी सबै समूहहरु १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap