जर्मन क्लब वायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले अर्को रेकर्ड बनाएका छन्।
शनिबार जर्मन बुन्डेस लिगाअन्तर्गत हेर्था बर्लिनविरुद्धको खेलमा ह्याट्रिक गर्दै उनले रेकर्ड बनाएका हुन्। सो खेलमा वायर्न ५-० गोलले विजयी भयो।
Advertisement
लेवान्डोस्कीले वायर्नमा आफ्नो गोल संख्या ३ सय पुर्याएका छन्। गोलसँगै उनले वायर्नका लागि १६ खेलमा लगातार गोल गर्दै रेकर्ड बनाए। उनले सन् १९७० मा गर्ड मुलरले बनाएको रेकर्ड तोडेका हुन्।
गर्ड मुलर वायर्नका लागि सर्वाधिक गोलकर्ता हुन्। उनले वार्यनबाट १५ सिजन खेल्दा ५९४ खेलमा ५४७ गोल गरेका थिए।
लेवान्डोस्कीले बुन्डेस लिगामा भने लगातार १३ खेलमा गोल गरेका छन्। यता खेलमा गोल गरेका थोमस मुलरले लगातार १३औं सिजनमा गोल गरेका छन्।
बुन्डेस लिगामा वायर लिभरकुजेन ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको वायर्नको पनि समान खेलबाट समान ७ अंक छ।