


युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ।
खराव मौसमका कारण रोकिएको भिल्लारियल र एट्लान्टाको खेल सकिएसँगै च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलको समिकरण पुरा भएको हो।
Advertisement



यस पटक सन् २००१ पछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सकेन। बार्सिलोना बाहिरिँदा ला लिगाबाट रियल मड्रिड, एट्लेटिको मड्रिड र भिल्लारियल अन्तिम १६ मा पुगे।
नकआउट चरणमा पुग्न नसकेका बार्सिलोना र सेभियाले युरोपा लिग खेल्नुपर्ने भएको छ ।

युरोपियन च्याम्पियन र २०२० का फाइनलिस्ट चेल्सी र पीएसजीले समूह चरणमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेका छन्।
अब च्याम्पियन्स लिगमा अन्तिम १६ को ड्र सोमबार स्वीट्जरल्याण्डको नियोनमा हुनेछ। जसबाट अन्तिम १६ मा कसको प्रतिद्धन्द्धी को भन्ने टुंगो लाग्नेछ।
यी हुन् नकआउटमा पुग्ने १६ टोली
- म्यानचेस्टर सिटी- समूह ए विजेता
- पिएसजी- समूह ए उपविजेता
- लिभरपुल- समूह बी बिजेता
- एट्लेटिको म्याड्रिड- समूह बी उपविजेता
- आयाक्स- समूह सी बिजेता
- स्पोर्टिङ सिपी- समूह सी उपविजेता
- रियल म्याड्रिड- समूह डी बिजेता
- इन्टर मिलान- समूह डी उपविजेता
- बायर्न म्युनिख- समूह इ बिजेता
- बेन्फिका- समूह इ उपविजेता
- म्यानचेस्टर युनाइटेड -समूह एफ बिजेता
- भिल्लारियल- समूह एफ उपविजेता
- लिल – समूह जी विजेता
- रेडबुल साल्जवर्ग- समूह जी उपविजेता
- युभेन्ट्स- समूह एच विजेता
- चेल्सी- समूह एच उपविजेता


