नेकपा एमालेले बाजुरामा उम्मेदवारको टुंगो लगाएको छ।
Advertisement
नाै स्थानीय तहमा प्रमुख र उपप्रमुखकाे लागि उम्मेदवारकाे टुंगो लगाइएको हाे।
जसअनुसार बडीमालिका नगरपालिका प्रमुखमा अमर खड्का र उपप्रमुखमा नन्दा थापा, बुढीनन्दा नगरपालिकामा जनककुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बिसीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे जनाइएको छ।
यस्तै त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बुढा र बुढिगङ्गा नगरपालिकामा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवरलाई उम्मेदवार बनाएको छ।
यस्तै स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाही र सुलोचना भण्डारी बुढा र खप्तडछेडेदह गाउँपालिका अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओलीलाई उम्मेदवार बनाएकाे छ।
यस्तै गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, हिमाली गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्कीलाई उम्मेदवार बनाएकाे हाे।