२०८१ मंसिर १०

सहमतिविपरीतका उमेदवारी फिर्ताका लागि पहल हुँदै छ : गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले आसन्न स्थानीय तह निर्वाचनमा सहमतिविपरीत भएका उमेदवारी फिर्ताका लागि पहल भइरहेको बताएका छन् ।


Advertisement


मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले धेरैजसो पालिकामा सत्ता गठबन्धनभित्रकै सहमतिका आधारमा उमेदवारी दर्ता गराइएको भन्दै सहमतिविपरीत भएका उमेदवारी फिर्ताका लागि पहल भइरहेको जानकारी दिए ।

उनले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक–फरक रूपमा भएका मनोनयन फिर्ता हुने दाबी गरे । वडा तहमा सहमति हुन नसके पनि प्रतिगमनको प्रवृत्तिलाई हावी हुन नदिने गरी संविधानविरोधी पक्षलाई दुरुत्साहित गर्ने कोसिस हुने उनको भनाइ छ ।

गुरुङले वित्तीय एकाधिकार दलाल पुँजीवादका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको तर्क गरे । परनिर्भरतामा मुलुक गइरहेको र स्वदेशी वस्तुको उत्पादनमा ध्यान नपुग्दा अहिलेको अवस्था आएको उनले उल्लेख गरे ।

परनिर्भरता न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउन राज्यको भूमिका हुनुपर्नेमा त्यसतर्फ यसअघिको सरकारको ध्यान जान नसकेको उनले बताए ।

Copy link
Powered by Social Snap