काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार सुशील थापाले काठमाडौंको रूपान्तरणका लागि काम गर्ने दाबी गरेका छन् ।
Advertisement
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले महानगरलाई राजनीतिको फोहरी सट्टापट्टाबाट टाढा राखेर रूपान्तरणका लागि काम गर्ने दाबी गरेका हुन् ।
लामो समय महानगरको विकासका लागि धेरै काम गर्ने प्रतिबद्धता आएपनि पूरा हुन नसक्नु दुखद भएको भन्दै उनले अब पार्टीमा सरोकार नराखि महानगरको विकास गर्नुपर्ने जिकिर गरे । उनले सबै दलहरू एकातर्फ र अर्कोतर्फ आफ्नो स्वतन्त्र उमेदवारी रहेकाले सफल हुने उल्लेख गरे ।
त्यस्तै महानगरकी स्वतन्त्र उमेदवार रिङ्कु श्रेष्ठले महानगरका चार प्राथमिकता सेवा र सुरक्षा, वातावरण, विकास र व्यवसाय तथा संस्कृति र सम्पदा रहेको बताइन् ।