आइपिएल-२०२२ मा मंगलबार राति भएको राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको थियो।
एकातर्फ राजस्थान रोयल्सका जोस बटलरले थिए। जसले यो सिजन अहिलेसम्म तीन शतक प्रहार गरेका छन्, बटलरसँगै कप्तान सन्जु सामसन र शिमरोन हेटमायर जस्ता उत्कृष्ट ब्याट्सम्यान राजस्थानका आसा थिए। अर्कोतर्फ बैंगलोरमा विराट कोहली, फाप डु प्लेसिस, ग्लेन म्याक्सवेल र दिनेश कार्तिक जस्ता प्रतिभावान ब्याट्सम्यान थिए।
तर खेलमा दुवै टोलीका सुपरस्टार खेलाडी असफल भए। २० वर्षीय युवा ब्याट्सम्यान रियान परागले राजस्थानका स्टार खेलाडीको असफलताको पूरा फाइदा उठाए।
Advertisement
पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १४४ रनको सामान्य योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको बैंग्लोर ३ खेल खेल्न बाँकी छदा ११५ रनमै अलआउट हुँदा २९ रनले पराजित भयो।
दशौं ओभरमा जोस बटलर ८ रन र सामसन २७ रनमा आउट भएपछि रियान पराग ब्याटिङ गर्न आएका थिए। त्यतिबेला राजस्थानको स्कोर चार विकेट क्षतिमा ६८ रन थियो।
२० वर्षीय परागलाई पक्कै पनि प्रतिभाशाली क्रिकेटर मानिन्थ्यो तर उनले आफ्नो प्रतिभाको प्रस्तुत गर्न सकेका थिएनन्।
तर उनले यो अवसरलाई मंगलबार हातबाट जान दिएनन्। १०औं ओभरबाट ब्याटिङमा आएका उनी २० औं ओभरसम्म अविजित रहे।
३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा नटआउट ५६ रन जोडे। उनको ब्याटिङका कारण टोलीले प्रतिस्पर्धात्मक योगफल १४४ रनसम्म पुर्याएको थियो।
शाहबाज अहमदको स्पिन बलिङमा उनले छक्का प्रहार गरे भने फास्ट बलर जोस हेजलउडले पनि बललाई बाउन्ड्री हाने। तर, हेजलउडको बलमा रियान परागको क्याच हसरंगाले क्याच मिस गरेका थिए। जसको नतिजा अन्तिम ओभरमा हर्षल पटेलले भोग्नु परेको थियो।
पटेलले अन्तिम ओभरमा कुल १८ रन जोडिए। परागले हर्षल पटेलको चौथो बलमा छक्का प्रहार गर्दै २९ बलमा आफ्नो ५० रन पूरा गरे। उनले पाँचौं बलमा कुनै रन लिन सकेनन् र छैटौं बलमा छक्का प्रहार गरेर स्ट्राइकलाई निरन्तरता दिने निर्णयलाई सही सावित गरे।
हर्षल पटेलले पेभिलियन फर्कने क्रममा रियान परागलाई केही भनेका थिए। जसका कारण दुई खेलाडीबीच झगडा भएको थियो।
उनको योगदानका बारेमा टोलीका कप्तान सामसन भने, ‘विगत दुई–तीन वर्षदेखि रियान परागमाथि टोली व्यवस्थापनको विश्वास थियो र उनले त्यो विश्वासलाई सही साबित गरे।’
गत सिजनमा रियान परागले पाएको अवसरको सदुपयोग गर्न सकेनन्। उनले ११ खेलमा उनले ९३ रन मात्र बनाउन सके र उनको उच्चतम स्कोर २५ रन थियो। उनको ब्याटले पूरै सिजनमा चार छक्का र ६ चौका प्रहार गरेको थियो।
यो सिजन राम्रो खेलेपछि उनको बारेमा बलर अश्विनल अघि भने, ‘रायान परागले अविश्वसनीय खेल देखाए, उनले कठिन समयमा टोलीका लागि उत्कृष्ट खेल देखाए।’
आफ्नो ब्याटिङको बारेमा उनले स्टार स्पोर्ट्सलाई भने, “ममाथि टिम व्यवस्थापनको विश्वास विगत तीन वर्षदेखि कायम छ। यही कारणले गर्दा मलाई दबाबमा खेल्न मन पर्छ। मैले यो खेलमा आफ्नो क्षमताको भरपुर उपयोग गरें। “
फिल्डिङ–ब्याटिङमा रायन परागले जुन काम गरे, बलिङमा कुलदीप सेन गरे।
बैंगलोरको इनिङ्सको सातौं ओभरको दोस्रो बलमा उनले बेङ्लोरका कप्तान फाप डु प्लेसिसलाई स्लो बलमा क्याच गराए। २१ बलमा २३ रन खेल्दै डु प्लेसिस कभरमा क्याच भए।
पेभिलियन फर्कने क्रममा डु प्लेसिसले नयाँ ब्याट्सम्यान ग्लेन म्याक्सवेलसँग पनि कुरा गरे तर म्याक्सवेललाई त्यसको कुनै फाइदा भएन। अर्को बलमा कुलदीप सेनले उनलाई आउट गरे। तर, उनले ह्याट्रिक भने गर्न सकेनन्।
१७ औं ओभरमा उनले हरसांग र अन्तिम ओभरमा हर्षल पटेललाई आउट गरेर उनले राजस्थान रोयल्सलाई जित दिलाए। ३.३ ओभरमा २० रन दिएर चार विकेट लिने कीर्तिमान कुलदीप सेनको नाममा रह्यो।
उनी बाहेक आर अश्विनले पनि राम्रो बलिङ गरे। पहिले ब्याटिङ गर्न तेस्रो नम्बरमा आएर नौ बलमा चार चौकाको मद्दतले १७ रन बनाए। तर, मोहम्मद सिराजको फास्ट बलिङका अगाडि उनी लामो समय टिक्न सकेनन्।
तर बलिङमा अश्विनले चार ओभरमा १७ रन दिएर तीन महत्वपूर्ण विकेट लिए। यस क्रममा उनले आइपिएलमा आफ्नो १५० विकेट पनि पूरा गरे।
रोयल च्यालेन्जर्स बैंग्लोरको ब्याटिङका क्रममा रियान पराग समस्या बनेका थिए। परागले एकपछि अर्को गरी चार क्याच लिए। जसमा विराट कोहलीको अमूल्य क्याच पनि थियो।
खेल सकिएपछि रियान परागले क्याचबारे भने, ‘हामी अभ्यासका क्रममा यही गर्छौं, क्याच अभ्यास गर्छौं। त्यसैले मलाई मजा आयो।‘
बैंगलोरका लागि यस सिजनमा बलियो ब्याटिङ गरिरहेका दिनेश कार्तिक इनिङ्स सम्हाल्नुअघि नै रनआउट भए।
जितसँगै राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ भने बैंग्लोरसँग लगातार पाँच खेल हार्ने क्रम पनि राजस्थानको टुंगिएको छ।