काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई सचेत गराएको छ ।
Advertisement
आयोगले उनलाई गएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको’ भनेर दिएको अभिव्यक्तिप्रति स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणको जवाफपछि अब त्यस्तो अभिव्यक्ति नदिन सचेत गराइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
“शंशाक कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधारमाथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको छ,” उनले भने ।