काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेका मधुुसुदन शर्मा (मुनाल घिमिरे) निर्वाचित भएका छन् । उनी १ हजार ५२५ मतसहित निर्वाचित भएका हुन् । उनी कलाकार तथा निर्देशक हुन् ।
Advertisement
उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत पाउँदा एकीकृत समाजवादीका भीमबहाद्र शार्कीले ३७७ मत पाए ।
घोराही उपमहानगर एमालेले जितिसकेको छ ।