धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका मेयरका उमेदवार हेमराज ओझा ४ हजार ८०० मतसहित अग्रस्थानमा छन् । उनलाई लोकेन्द्र मल्लले ४ हजार १९४ मतसहित पछ्याइरहेका छन् ।
Advertisement
अहिलेसमम नगरपालिकाको वडानम्बर १, २, ३, ८ र ९ को मतगणना सकिएको छ । वडा नम्बर ४ र ७ को मत गणना चलिरहेको छ ।
यस्तै, उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ४ हजार ६१६ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी रमिता कुमारी रानाले ४ हजार ३३२ मत ल्याएकी छन् ।