काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारका आरोपितका सम्बन्धमा अनुसन्धान थाल्न माग गरेका छन् ।
Advertisement
सांसद थापाले प्रतिनिधिसभामा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिनुअघि शुक्रबार सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
“हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो । म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,” थापाले भने, “सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुुरा होइन । यस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस् ।”