२०८१ मंसिर ३

भरतपुरमा ६३ हजार मतगणना, कसले कति मत पाए ?

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार मतगणना भएको छ । 


Advertisement


प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २४ हजार १०७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २० हजार ३५० मत ल्याएका छन् । रेनु विजयभन्दा ३ हजार ७५७ मत अघि छन् । 

यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ९५० मत पाएकी छन् ।

भरतपुरको दुई वडामा कांग्रेस र माओवादीको अग्रता

भरतपुरको वडा नम्बर १३ मा १,६०२ मतगणना हुँदा वडाध्यक्षमा माओवादी उमेदवारले ७२८ मत ल्याएका छन् । एमालेका उमेदवारले ५९१ मत ल्याएका छन् । यस्तै, वडा नम्बर १,६७३ मतगणना हुँदा कांग्रेसका उमेदवारले ७३७ मत र एमालेका उमेदवारले ६२९ मत ल्याएका छन् । 

Copy link
Powered by Social Snap