२०८१ मंसिर २

पोखरामा ९०,५६१ मतगणना : प्रमुख, उपप्रमुखमा कसको मत कति ? (सूचीसहित)

पोखरा । स्थानीय तह निर्वाचअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९० हजार ५६१ मतगणना गरिएको छ ।


Advertisement


पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनले ३६ हजार ४२६ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले ३३ हजार १०३ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले चार हजार १०६ मत प्राप्त गरेका छन् । लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) दुई हजार ४०९ मतसहित चौथो स्थानमा छन् ।

उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङको अग्रता छ । उनले ३७ हजार ७१६ मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटले ३६ हजार ८८४  मत ल्याएकी छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार रन्जना सेनले तीन हजार ९८६ मत पाएकी छन् ।

सूची हेर्नोस्–

Copy link
Powered by Social Snap