२०८१ मंसिर १

पोखरामा एकीकृत समाजवादी आचार्य साढे तीनहजार मतले अगाडि

पोखरा । पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार एक लाख १२ हजार ५८० मत गणना हुँदा गठबन्धनका उमेदवार आचार्यले ४५ हजार ०२७ मत ल्याएका छन् । 


Advertisement


उनलाई पछ्याइरहेका एमालेका कृष्णबहादुर थापाले ४१ हजार ५९० मत ल्याएका छन् ।

आचार्य तीनहजार ४३७ मतले अगाडि छन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छन् । उनले ४७ हजार ३२४ मत ल्याएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ४४ हजार ९६४ मत ल्याएकी छन् ।

Copy link
Powered by Social Snap