काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौंका जनताले परिवर्तन चाहेर बालेन शाह लाई जिताएको बताएका छन् ।
Advertisement
शुक्रबार संसद्मा नीति तथा कार्यक्रममा बोल्दै उनले बालेनको जित अरू केही नभएर परिवर्तनको संकेत भएको जिकिर गरे । उनले पार्टीका पूर्व सहकर्मी रेशम चौधरीलाई पनि जनताले अपराधी होइन भन्दा भन्दै सरकारले जेलमा राखेको र अहिले टिकापुरका र कैलालीका जनताले मतदान गरेर उनको पार्टीलाई जिताएको बताए ।
“पापको घडा भरिसकेको छ । त्यो नेपालमा फुटिसकेको छ । परिवर्तन हुन्छ यो देशमा,” उनले भने,“राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ यो देशमा । कसैले रोक्न सक्दैन । बेलैमा सद्बुद्धि आओस् ।”