काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले दुई भाषामा शपथ लिएका छन् । सोमबार शपथ ग्रहण गर्दै बालेनले नेपाली र नेपाल दुबै भाषामा सपथ लिएका हुन् ।
Advertisement
सोमबार राष्ट्रियसभा गृहमा निर्वाचन अधिकृतले नवनिर्वाचित मेयर बालेनलाई शपथ ग्रहण गराएका हुन् ।
बालेनलगायत नवनिर्वाचित उपमेयर सुनीता डंगोलले पनि नेपाल भाषामा सपथ लिएकी हुन् । उनलाई नवनिर्वाचित मेयर बालेनले शपथ ग्रहण गराएका हुन् ।
सोमबार बिहान राष्ट्रियसभा गृहमा काठमाडौंका मेयर, उपेयमरदेखि सबै वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण लिएका छन् ।
उनीहरुले आजै कार्यभार सम्हाल्ने तयारी गरिरहेका छन् ।