काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने निर्णय गर्ने विषय सरकारको नभएको बताएका छन् ।
Advertisement
मंगलबार संसदमा उनले आयोगले गर्ने निर्णयमा सहयोग गर्ने दायित्व सरकारको भएको बताए । “त्यसको मतणना गर्ने कि त्यहाँ पुनः मतदान गर्ने सरकारले भन्दा पनि निर्वाचन आयोगले नै निर्णय गर्ने हो । निर्वाचन आयोगले गर्ने निर्णयमा सहयोग पुर्याउनु हाम्रो दायित्व हो,” उनले भने ।
गृहमन्त्री खाँणले सुरक्षाको प्रबन्ध मिलाउन नसकेकाले त्यहाँ नयाँ टिम पठाइएको जानकारी पनि दिए । “त्यहाँको सुरक्षा निकायका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका डीएसपीलगायत शसस्त्र प्रहरीको डीएसपीलाई सरुवा गरेर अर्को पठाइएको छ । उहाँहरूले सुरक्षाको समुचित प्रबन्ध गर्न नसकेको,” उनले भने,“ सुरक्षाको प्रबन्ध गर्ने दायित्व राज्य, सरकार सुरक्षा निकायको हो । त्यसकारणले नै त्यहाँबाट उहाँहरूलाई हटाइएको छ । अहिले नयाँ टिम गएको छ ।”