२०८१ मंसिर १

नेपाल कुनै शक्ति राष्ट्रसँग नजिक बन्न खोजिरहेको हो कि भन्ने आशंका बढिरहेको छ : डिला संग्रौला




काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपाल कुनै शक्ति राष्ट्रसँग नजिक बन्न खोजिरहेको हो कि भन्ने आशंका बढिरहेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा मूल मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गरी परराष्ट्र नीति सञ्चालन गर्न माग गरिन् । 



Advertisement



“कुनै पनि छिमेकी तथा विश्व शक्ति राष्ट्रसँग धेरै नजिक वा धेरै टाढाको सम्बन्ध नराखेर राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा र मूल मुद्दाहरूमा राष्ट्रिय सहमति कायम गरी हाम्रो विदेश नीति सञ्चालन गर्न म सरकारलाई आग्रह गर्दछु,” उनले भनिन् ।

संग्रौलाले नेपालका सबै कूटनीतिक नियोगहरूको ‘पर्फर्मेन्स अडिट’ गर्न, अनावश्यक नियोगहरूलाई बन्द गर्न र भर्चुअल कूटनीति सञ्चालन गर्नेतर्फ जोड दिनुपर्ने बताइन् ।

Copy link
Powered by Social Snap