२०८१ मंसिर १

जिसस पर्सामा जसपा र एमाले गठबन्धन प्यानलसहित विजयी




वीरगञ्ज । जिल्ला समन्वय समिति (जिसस) पर्साको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका साझा उमेदवार निरञ्जन सा (अजय) सोनार प्यानलसहित विजयी भएका छन् ।



Advertisement



जिसस पर्साको शुक्रबार सम्पन्न निर्वाचनमा २ मतका अन्तारले सोनार प्रमुखमा निर्वाचित भएका हुन् । उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उमेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा एमोलका पूर्णप्रसाद कुर्मी, सदस्यमा जसपाका वैजयन्ती देवी, राजपति देवी, विनयप्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशीला कामी, रामप्रसाद यादव र सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् । अरु सबैले १५ मत पाउँदा जसपाका विनयप्रसाद कुर्मीले भने १६ मत प्राप्त गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा प्रमुख र उपप्रमुख गरी २८ जना मतदाता रहेका थिए । पर्साका १४ स्थानीय तहमा कांग्रेसबाट १२, एमालेबाट १०, जसपाबाट ५ र लोसपाबाट १ गरी कुल २८ प्रमुख–उपप्रमुख निर्वाचित भएका छन् ।

Copy link
Powered by Social Snap