काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वैचारिक नेतृत्वको पार्टी भएको बताएका छन् । जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा उनले एमालेबाहेक अरूसँग विचार र नीति नभएको दाबी गरे ।
Advertisement
“एक मात्र वैचारिक नेता एमाले हो । जसले विचार लिएर अघि बढेको छ । सांगठनिक रूपमा लड्न आउँदा पनि स्थापित भइसक्यो । पाँच–सात भाइ नभइकन एमालेतिर हेर्नै मुस्किल छ,” उनले भने ।
त्यसैगरी, ओलीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा जहिल्यै निर्वाचनको बलमा नभएर जालझेल तथा तिकडम गरेर प्रधानमन्त्री बनेको आरोप लगाए । “शेरबहादुरजी निर्वाचनबाट प्रधानमन्त्री बन्नुभएको छैन । जहिल्यै जालझेल तिकडम, परमादेशबाट प्रधानमन्त्री बन्नुभएको हो,” ओलीले भने ।