२०८१ पुष १०

निर्वाचनको तयारीबारे आयोगले गरायो कूटनीतिक नियोगलाई जानकारी





काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी गराएको हो ।



Advertisement



कान्तिपथस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए । आवश्यक तयारी पूरा भएको जानकारी गराए ।

उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरिएको बताए ।



आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था एवं पर्यवेक्षहरूका बारेमा विस्तृत जानकारी गराएका थिए । उनले मतदानपछि मतपेटिका सुरक्षाका लागि सुरक्षा निकायका तीन घेरा कायम हुने गरी व्यवस्था मिलाइएको जानकारी गराए ।

भट्टराईले तीन अन्तर्राष्ट्रिय संस्था र ४४ राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको बताए । निर्वाचनमा आठ हजार पर्यवेक्षक परिचालन हुने उनले उल्लेख गरे ।

कार्यक्रममा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूले संविधानमा उल्लेख भएअनुसार महिला सहभागिताको प्रत्याभूतिबारे जिज्ञासा राखेका थिए ।

Copy link
Powered by Social Snap