जनकपुरधाम । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा महिन्द्र राय यादव निर्वाचित भएका छन् ।
Advertisement
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणामअनुसार यादवले २३ हजार ५२९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी महतोले २१ हजार ५१८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का राजनारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ६ हजार ५५४ मत पाए ।
यादव सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्नबाट निर्वाचन लडेका थिए ।