२०८१ मंसिर ५

सत्ता गठबन्धनले निरन्तरता पाउने, निर्वाचनको नतिजा अपेक्षाकृत नआएको निष्कर्ष




काठमाडौं । सत्ता गठबन्धनले निर्वाचन नतिजा अपेक्षाकृत नआएको निष्कर्ष निकालेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी परिणाम अपेक्षाकृत नभएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । 

बैठकले आगामी दिनमा अझै गठबन्धनलाई अझै शसक्त बनाएर लैजाने निर्णय पनि गरेको छ । 



Advertisement



बैठकपछि कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका सामु विद्यमान चुनौतीको सामाना गर्नुपर्ने आवश्यकताले पनि गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको बताए । 

उनले निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएकाले असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने निर्णय भएको कार्कीले बताए ।



बैठकपछि गठबन्धनका शीर्ष नेताले जारी गरेको विज्ञप्ति :

318062501_476622954608589_7596841345204271040_n1670243321.jpg

Copy link
Powered by Social Snap