२०८१ मंसिर ४

रूपन्देही–२ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार पौडेल सर्वोच्चमा




काठमाडौं । रूपन्देही–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचन पुन: गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका गणेश पौडेलले पुन: निर्वाचनको माग गर्दै मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।



Advertisement



रिट निवेदनमा रूपन्देही–२ को निर्वाचन अधिकृतको कार्यालयले एमालेका उमेदवार विष्णु पौडेललाई अनियमित रूपमा निर्वाचित भएको घोषणा गरेको दाबी गरिएको छ । 



उनी एमाले उपाध्यक्ष पौडेलसँग १,३७० मतले पराजित भएका थिए । पौडेलले २७ हजार १६५ मत ल्याएका थिए । दोस्रो बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७९५ मत ल्याएका थिए । 

Copy link
Powered by Social Snap