२०८१ मंसिर ३

रेशमकी श्रीमती रञ्जिता भन्छिन्- सरकारले अध्यादेश ल्याउनु सकारात्मक





काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको प्रतिक्रिया दिएकी छन् । 



Advertisement



सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले अध्यादेश ल्याउनु आफूहरुका लागि सकारात्मक कुरा भएको र राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वाससमेत व्यक्त गरिन् । 

उनले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दाबी गरिन् । सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताइन् ।



रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए । त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रियामा केही दिन लाग्ने बताएपछि उनीहरु फर्किएका थिए । 

टीकापुर घटनामा दोषी ठहर भएर रेशम चौधरी जेल सजाय भोगिरहेका छन् । 

Copy link
Powered by Social Snap