२०८१ मंसिर ३

अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास हुनु लोकतान्त्रिक मर्मको उपहास : शेखर कोइराला




काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् ।

सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । 



Advertisement



कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन् । 

सामाजिक सञ्जालमा उनले आफू अनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई नभएको उल्लेख गरेका छन् ।



“अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ,” उनले लेखेका छन् ।

Copy link
Powered by Social Snap