२०८१ मंसिर २

अस्पताल भर्ना भएका माधव नेपालको अवस्था कस्तो छ ?




काठमाडौं । छातीमा संक्रमण देखिएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । 


Advertisement


रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि उनी मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।



उनलाई छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोलीले निगरानी गरिरहेका अस्पतालले जनाएको छ । नेपालको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई अस्पतालमा सबैखाले भेटघाट बन्द गरिएको छ । 

Copy link
Powered by Social Snap