२०८१ मंसिर ३

सञ्चारमन्त्री भन्छन्– धेरै विषयमा गम्भीर छलफल भयो, भोलि निर्णय सुनाउँछौँ





काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक नयाँ सरकार गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्षबिना नै सकिएको हो ।


Advertisement


बैठकपछि सञ्चारकर्मीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्ने बारेमा आइतबार बैठक बसेर टुंगो लगाइने जानकारी दिए ।

प्रधानमन्त्री को पहिला हुने भन्ने विषय गौण भएको भन्दै उनले मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढाउनुपर्ने कुरा ठूलो रहेको बताए । उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने जिकिर गरे ।



“जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ । बैठक भोलि फेरि बस्नेछ । भोलि हामीले निर्णय सुनाउनेछौँ । आज धेरै विषयमा गम्भीर रूपले छलफल भयो । छलफल सकारात्मक रूपले अघि बढेको छ । अहिलेको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेका छौँ,” उनले भने, “जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको छ । प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढाउने ठूलो कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ ।”

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई आइतबार बेलुका ५ बजेसम्मको समय दिएकी छन् ।

Copy link
Powered by Social Snap