जनकपुरधाम । मधेस प्रदेशसभाका १०४ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सदस्यहरुलाई शपथ खुवाएका हुन् ।
Advertisement
तर, प्रदेशसभा सदस्यमा निर्वाचित सप्तरीकी माला कर्ण र महोत्तरीका रजी हैदरले भने आज शपथ ग्रहण गरेका छैनन् । दुवैजना समानुपातिक सांसद हुन् ।
सर्वोच्च अदालतको आदेशअनुसार कर्ण र हैदरको शपथ रोकिएको प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए ।