धनगढी । नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी सर्वसम्मत रूपमा चयन भएका छन् । दलको उपनेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भए ।
Advertisement
दुवैजना दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकको जिम्मेवारी दिइएको छ ।
सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद छन् ।
सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन् भने रावल आर्थिक मामिला मन्त्री छन् ।