काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको हित गर्नेगरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
Advertisement
नीति अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले मुुलुकको विभिन्न क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र सरोकारवालासँग छलफल गर्दै देशको हितलाई केन्द्रमा राख्नुपर्ने बताए ।
उनले यसअघि राष्ट्रियसभाले ल्याएका केही महत्वपूर्ण विधेयकहरु शून्यको अवस्थामा पुगेको भन्दै त्यसलाई पुनः ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने धारणा राखे । नीति अनुसन्धान प्रतिष्ठानले देशको समग्र विकासमा सहयोग पु¥याउने गरी काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. विष्णुराज उप्रेतीले मुलुकको विभिन्न क्षेत्रमा सरकारले अपनाइएको विभिन्न नीति अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधार गर्नुपर्ने विषयमा सिफारिस गर्ने गरेको बताए ।