२०८१ मंसिर ३

नेकपा एसलाई सरकारमा आउन कसैले औपचारिक प्रस्ताव गरेको छैन : प्रवक्ता खतिवडा




काठमाडौँ — नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको बैठकमा सरकार जाने विषयमा छलफल नभएको बताएका छन् । जारी पोलिटब्युरो बैठकमा पनि सरकार जाने विषयमा नभई त्यसलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल केन्द्रित रहेको बताए ।


Advertisement


पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारमा संलग्न हुन औपचारिक प्रस्ताव सत्ता गठबन्धनबाट नआएको भन्दै त्यो विषयमा छलफल नभएको बताए ।

‘सरकारको जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आए त्यस विषयमा छलफल गर्ने हो । अहिले सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल भइरहेको छ,’ खतिवडाले भने, ‘औपचारिक प्रस्ताव आए त्यो त्यो लायक छ कि छैन छलफल हुन्छ । औपचारिक प्रस्ताव नआई सरकारमा जाने विषयमा छलफल हुँदैन ।’



सोमबारको बैठकमा २० जना पोलिटब्युरो सदस्यहरूले धारणा राखेको खतिवडाले जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग व्यक्तिगत सद्भाव भए पनि त्यतिले मात्रै सरकारमा सामेल हुन विषयमा छलफल हुन नसक्ने बताए ।

Copy link
Powered by Social Snap