२०८१ मंसिर ३

रमेश लेखक भए कांग्रेसको मुख्य सचेतक




नेपाली कांग्रेसले मुख्य सचेतक नियुक्त गरेको छ।


Advertisement


सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद रमेश लेखकलाई मुख्य सचेतक नियुक्त गरेका हुन्।

कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले सभापति देउवाले मुख्य सचेतकमा लेखकलाई नियुक्त गरेको जानकारी दिए।



लेखक सभापति देउवानिकट मानिन्छन्।
गत मंसिरमा भएको चुनावमा लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।

हेर्नुस् विज्ञप्ति:

Copy link
Powered by Social Snap