नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
Advertisement
सिंहदबारस्थित संघीय संसद सचिवालयको कानुन समितिको हलमा उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका आलेको आमाको निधन भएकाले शपथ लिन पाएका थिएनन् भने कांग्रेसबाट समानुपातिक सांसद बनेकी राई सुत्केरी भएपछि शपथ लिन पाएकी थिइनन्।
यसअघि पुस ८ गते सांसद महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिएका थिए। त्यसअघि बाँकी सबै सांसदहरूले पुस ७ गते संसद भवन नयाँ बानेश्वरमा पद तथा गोपनियताको शपथ लिएका थिए।