काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद्मा महिला सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकी छन् ।
Advertisement
सोमबार पदबहाली गरेलगत्तै उपसभामुख रानाले ‘संघीय संसद्को प्रभावकारितामा महिला सदस्यहरूको भूमिका विषयमा महिला सदस्यहरूको अन्तरक्रिया कार्यक्रम गर्ने’ निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
उनले आज नै पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।