२०८१ मंसिर १

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता





काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । ओली साउन २ गते सोमबार निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए ।


Advertisement


कम्बोडियामा अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए । ओलीले श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका थिए । ओलीले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए ।



भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित ६ जना सहभागी थिए ।

Copy link
Powered by Social Snap