![](https://www.symnetwork.com/wp-content/uploads/2022/06/FINAL-GENALPHA-GIF.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/08/Lyarkal-Lama-Lumbini1691678688-1024x538.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा.
लुम्बिनी । नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । लुम्बिनी विकास कोष कार्यालय पुगेर उनले पदभार सम्हालेका हुन् ।
Advertisement
केही दिनअघि मन्त्रिपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सातवर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा उनलाई नियुक्त गरिएको हो । उनको कार्यकाल पाँच वर्षको हुने छ ।
पदभार ग्रहण गरेपछि उपाध्यक्ष लामाले कसैले पनि लुम्बिनीको गुरु योजनामा वक्र दृष्टि लगाउन नहुने बताए । उनले आफू निस्वार्थ भएर लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्ने र कर्मचारीहरूले पनि त्यसमा विशेष साथ दिन आग्रह गरेका हुन् ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)