२०८१ मंसिर १

यी हुन् धेरै पर्यटक जाने नौ गन्तव्य, रोजाइमा निकुञ्ज र आरक्ष




काठमाडौं । नेपालमा वन्यजन्तु पर्यटन र धार्मिक पर्यटकको संख्या धेरै रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र धार्मिक स्थल अवलोकन गर्ने पर्यटकको संख्या धेरै रहेको छ ।


Advertisement


२०२१ र २०२२ मा नेपाल पर्यटन बोर्डले निकालेको तथ्यांकअनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकको पहिलो रोजाइ राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष परेको छ ।

तथ्यांकअनुसार विदेशी पर्यटकहरूले नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, मनास्लु ट्रेकिङ, मुस्ताङ ट्रेकिङ, हुम्ला ट्रेकिङ, तल्लो डोल्पा ट्रेकिङ, कञ्चनंघा ट्रेकिङ र माथिल्लो डोल्पा ट्रेकिङ धेरै घुमेका छन् ।



२०२१ मा कहाँ कति पर्यटक पुगे ?

बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा धेरै पर्यटकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा अवलोकन गरेका छन् । ती क्षेत्रमा ११ हजार ८४७ पर्यटक घुमेका छन् ।

दोस्रो गन्तव्यस्थल पशुपति क्षेत्रमा तीन हजार १९० पर्यटकले अवलोकन गरेका छन् । तेस्रो नम्बरमा रहेको लुम्बिनीमा एक हजार १९७ पर्यटक पुगेका छन् । भारतीय पर्यटक संख्या यस तथ्यांकमा समावेश गरिएको छैन ।

यस्तै, मनास्लु ट्रेकिङमा ९०८ जना, मुस्ताङ ट्रेकिङमा ३६२ जना, हुम्ला ट्रेकिङमा १४८ जना, तल्लो डोल्पा ट्रेकिङमा १६८ पर्यटक पुगेका छन् । कञ्चजंघा ट्रेकिङमा १३७ र माथिल्लो डोल्पा ट्रेकिङमा ७५ जना पर्यटक पुगेको बोर्डको तथ्यांकमा छ ।

२०२२ मा कहाँ कति पर्यटक पुगे ?

बोर्डको तथ्यांकअनुसार २०२२ मा पनि सबैभन्दा धेरै पर्यटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा पुगेका छन् । निकुञ्ज तथा आरक्षमा ७५ हजार ६०८ पर्यटकले घुमेका छन् ।

विदेशी पर्यटक धेरै घुम्ने गन्तव्यस्थलमध्ये पशुपति र लुम्बिनी क्षेत्र पनि क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पशुपतिमा ५५ हजार २०४ र लुम्बिनीमा २३ हजार ९४२ पर्यटक पुगेका छन् ।

यस्तै, मनास्लु ट्रेकिङमा पाँच हजार ८९०, मुस्ताङमा तीन हजार ३८७, हुम्ला ट्रेकिङमा एक हजार ४४२ र तल्लो डोल्पा ट्रेकिङमा ७८६, कञ्चजंघा ट्रेकिङमा ८५८ र माथिल्लो डोल्पा ट्रेकिङमा ४९२ जना पर्यटक पुगेका बोर्डले जनाएको छ ।

स्न २०२१ मा एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ पर्यटक नेपाल घुम्न आएका छन् ।

Copy link
Powered by Social Snap