काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन जाँदै छन् । सातौं चाइना–साउथ एसिया एक्स्पो र २७औं चाइना कुनमिङ इम्पोर्ट एण्ड एक्सपोर्ट (कुनमिङ फेयर) मा सहभागी हुन उनी चीन जान लागेका हुन् ।
Advertisement
एक्स्पो कुनमिङमा बुधबारदेखि सुरु हुँदैछ ।
उपराष्ट्रपतिको चीन भ्रमण टोलीमा उनको श्रीमती चम्पादेवी यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र अन्य उच्च सरकारी अधिकारीहरु रहेका छन् ।
उपराष्ट्रपति यादवले एक्स्पोलाई बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सातौं चाइना–साउथ एसिया एक्स्पोमा नेपाललाई ‘थिम कन्ट्र’को रुपमा राखिएको छ । एक्स्पोमा नेपाल प्याभिलियन रहनेछ जसको उद्घाटन उपराष्ट्रपति यादवले गर्नेछन् । प्याभिलियनमा एक सयभन्दा बढी नेपाली व्यापारीहरुले आफ्ना उत्पादनहरु प्रदर्शनी गर्ने जनाइएको छ ।
उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।