२०८१ पुष ९

संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : चन्द




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहलकदमी लिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसद्‌मा जारी अवरोध हटाउन ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।


Advertisement


शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गरे । छिट्टै संसद् बैठक सञ्चालन हुने विश्वास समेत व्यक्त गरे ।



“…गभरमेन्ट र अपोजिसनले बसेको त्यो कुरा मिलाउनुपर्छ । कुरा पनि चलिराख्या छ क्यारे ! अब यो, प्रधानमन्त्रीजीले लिडर अफ अपोजिसनसँग छलफल गराएर यसको सोलुसन निकाल्छु भन्नुभएको थियो, निकाल्नुहोला,” उनले भने ।

फरक प्रसंगमा वरिष्ठ नेता चन्दले पार्टीभित्र केही समस्या रहेको स्वीकार गर्दै त्यसको समाधान विधि र विधानभित्रै रहेर हुने बताए ।

उनले भने, “अब, राप्रपाभित्र साथीहरूको केही गुनासो थियो, त्यो बारे छलफल गरिएको हो । ती गुनासोहरू नियम र विधानअनुसार हुन्छ ।”

Copy link
Powered by Social Snap