काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता भएको थियो ।
Advertisement
राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक दलका नेताहरुसँग पछिल्ला दिनमा छलफल गर्दै आएका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका थिए ।
पौडेलले मंगलबार बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि बोलाएका छन् ।